महामन्त्रीद्धय विदेशमा रहेका नेपालीहरुलाई पनि मताधिकारको व्यवस्था मिलाउने विषयमा छलफल गर्न निर्वाचन आयोग जाँदै — OSNepal

महामन्त्रीद्धय विदेशमा रहेका नेपालीहरुलाई पनि मताधिकारको व्यवस्था मिलाउने विषयमा छलफल गर्न निर्वाचन आयोग जाँदै

LC (KTM) June 21, 2022 0

काठमाडौं ७ असार । नेपाली कांग्रेसका महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचन आयोग जाने भएका छन् ।

विदेशमा रहेका नेपालीहरुलाई पनि मताधिकारको व्यवस्था मिलाउन महामन्त्रीद्धय आयोग जान लागेका हुन् । आज मंगलबार बिहान ११ बजे निर्वाचन आयोगका प्रमुख दिनेश प्रसाद थपलियालाई भेट्न समय समेत तय भएको छ ।

सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्थाका लागि कानुन निर्माण गर्न सरकारका नाममा परमादेश जारी गरिसकेकोले ‘सर्वोच्च अदालतको परमादेश अनुसार प्रधानमन्त्रीलाई यस विषयमा ध्यानाकर्षण समेत गराएको महामन्त्री शर्माले बताएका छन् ।

आज आयोगमा विदेशमा बस्ने नागरिकको मताधिकार, मतदातामा नामावली दर्ता गर्दा नागरिकले पाएका समस्या लगायतका विषयमा कुरा गरिने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर