,गाउँ वस्ती लाई लक्ष्यित गरि सडक बत्ती जडान शुरु — OSNepal

,गाउँ वस्ती लाई लक्ष्यित गरि सडक बत्ती जडान शुरु

LC (KTM) June 16, 2021 0

हल्दिवारी गाउँपालिका २ नम्बर वडाले ” सडक तथा गाउँ वस्ती उज्यालो ” कार्यक्रम अनुसार वडाका मुख्य सडक ,गाउँ वस्ती लाई लक्ष्यित गरि सडक बत्ती जडान शुरु गरेको छ ।वडा अध्यक्ष राजेन्द्र योङहाङका अनुसार १६ किलोमीटर सडक क्षेत्रमा २६६ वडा सडक बत्ती जडान भइ रहेका छ्न ।

उनका अनुसार २-४ दिनमा मुख्य सडक बजारमा उज्यालो छाउने छ । विद्युत प्राधिकरण संग सम्झौता गरि सडक बत्ती जडान गरिएको हो ।वडाका २६६ पोलमा सडक बत्ती बल्ने छ भने आगामी बर्ष बाकी १५ किलोमिटर क्षेत्रमा पनि बत्ति बाल्ने योजना रहेको योङहाङले बताए।

वडाको १४ लाख तथा ३लाख ४१ हजार ३३५ रुपैया जनश्रमदानबाट उज्यालो हल्दिवारी बनाउने काममा वडा अध्यक्ष योङहाङ सक्रिय रहेको सडक बत्ती जडान उपभोक्ता समितिका अध्यक्ष नरेन्द्र फागोले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर