दीपीका पादुकोण तथा उनका एक्स ब्वाईफ्रेण्ड रणबीर कपुरबीचको ब्रेकअप सधै चर्चामा रहने गरेको छ । दीपिका संग ब्रेकअप भएपछि रणबीर कैट्रीनासंग रिलेसनमा जोडिन पुगेका थिए । फिल्मी नगरमा डेब्यु गरेपछि दीपीका रणबीरको पहिलो गर्लफ्रेण्ड रहेको भारतीय संचारमाध्यमहरुको दाबी छ ।
रणबीर र दीपिकाको ब्रेकअपको कारण कैट्रीनालाई मानिएको थियो । जब उनी दीपिका संग रिलेशनमा थिए त्यतिबेला कैट्रीना संग पनि रणबीरले डेट गरिरहेका थिए । यहि कारण दीपिकाले ब्रेकअप दिएकी थिईन् । एक अन्र्तबार्तामा दीपिकाले कैट्रीनासंग आफ्नो सम्बन्ध बारे बताएकी थिईन् ।
उनले त्यतिबेला आफ्नो बिबाहमा कैट्रीनालाई नबोलाएर रिसेप्शनमा बोलाउनुको कारण बताएकी थिईन् । उनले भनेकी थिईन्– मैले उनी संग प्याचअप गरे । म सधै उनको फ्यान हु । उनी लामो समय देखी यस उद्योगमा छिन् , उनले धेरै राम्रो काम गरेकी छिन् । म यसकारण उनको धेरै इज्जत गर्छु । रणबीर सिंहले दीपिका संग २०१८ नोभेम्बर १४ मा बिबाह गरेका थिए ।