एआईजी पोखरेलको दोस्रो बिदा माग सहितको निबेदन पनि अस्वीकृत — OSNepal

एआईजी पोखरेलको दोस्रो बिदा माग सहितको निबेदन पनि अस्वीकृत

LC (KTM) June 20, 2022 0

आफू भन्दा कनिष्ठलाई आईजीपी बनाएको भन्दै बिदामा बसेका एआईजी विश्वराज पोखरेलले पठाएको दोस्रो बिदा पनि अस्वीकृत भएको छ। उनले आफुलाई आईजीपी नबनाएको भन्दै सर्वोच्च अदालतमा मुद्दा समेत हालेका छन् । पोखरेलले अहिले सम्ममा २ पटक बिदाका लागि निबेदन दिईसकेका छन् । दुबै बिदा अस्वीकृत भएको छ ।

उनले सोमबार ११ दिन बिदाका लागि प्रहरी प्रधान कार्यालयलाई दोस्रो निवेदन पठाए त्यो पनि आईजीपी धिरज प्रताप सिंहले अस्वीकृत गरेका छन् । यसअघि उनले जेठ २५ गते १० दिनको बिदा मागेका थिए । पोखरेल वैशाख १९ गतेदेखि बिदामा रहेका छन्। अदालतमा मुद्दा विचाराधीन रहेकाले बिदा पाउनुपर्ने उनको माग दाबी छ।
प्रहरी प्रधान कार्यालयले भने उनलाई तत्काल हाजिर हुन निर्देशन दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर