गुजरातका एक कुमाले समुदायका युवाले बनाए बिजुली नै नचाहिने माटोको फ्रिज — OSNepal

गुजरातका एक कुमाले समुदायका युवाले बनाए बिजुली नै नचाहिने माटोको फ्रिज

LC (KTM) June 20, 2022 0

गुजरातका एक ब्यक्तिले माटोको फ्रिज बनाएर सबैलाई अचम्मित बनाएका छन् । मनसुखभाई प्रजापतिले बिजुली बिना चल्ने माटोको फ्रिजको आविष्कार गरेका हुन् । उनले बनाएको यो फ्रिज एकदमै वातावरणमैत्री र पर्यावरण अनुकूल छ। उनले बनाएको यो फ्रिजमा पानी, दूध, तरकारी, फलफूल धेरै दिनसम्म ताजा नै राख्न सकिन्छ । उनी माटाको भाडा बनाउने काम गर्दै आईरहेका छन् ।

मनसुखभाईले मिट्टीकुल नामबाट व्यवसाय सञ्चालन गर्दै वार्षिक ३ करोडभन्दा बढीको व्यापार पनि संचालन गरिरहेका छन् ।चाखलाग्दो कुरा के छ भने कुमाले समुदायका मनसुखभाईले १० कक्षा समेत पास गरेका छैनन् । उनको बाल्यकाल एकदमै कष्टप्रद अवस्थामा बितेको थियो । उनको परिवारले यहि माटोको भाँडा बनाउने पेशाबाट जेनतेन परिवार चलाएको थियो ।

१५ वर्षको उमेरमा मनसुखभाइका बुवाले उनको लागि चिया पसल खोले। मनसुखभाइले चिया बेच्न थाले । मनसुखभाईले प्रदुषण नियन्त्रण गर्न डिजाइन गरेको माटोको भाँडो बनाउने मेसिन पहिलो पटक आविष्कार गरेका थिए। यससँगै उनले २ हजार २ सय स्क्वायर फिट जग्गामा आफ्नो सेटअप गरेर काम सुरु गरेका छन् । २ वर्षको मिहिनेतपछि सन् १९९० मा मनसुखभाईले सफलता हात पारे ।

त्यसपछि उसले माटोको पानी प्यूरिफायर बनाए । अहिले उनले २५० भन्दा बढी वस्तु बनाउँदै आएका छन् । सन् २००१ को गुजरात भूकम्पका कारण मनसुखभाईलाई धेरै नोक्सान भएको थियो । त्यसपछि उनलाई बिना बिजुली चल्ने फ्रिज बनाउने आइडिया आयो । यसलाई बनाउन उनलाई २ वर्ष लागेको थियो । माटोले बनेको यो फ्रिजमा फलफूल र तरकारी ५ देखि ६ दिनसम्म ताजा रहन्छ । यसमा औषधि र अन्य सामान पनि राख्न सकिन्छ । माटोको फ्रिजको स्वदेशमा मात्रै होइन विदेशमा पनि माग रहेको उनले बताएका छन् ।

यसको सबैभन्दा सानो साइज ३ हजार रुपैयाँमा उपलब्ध छ। मनसुखभाईलाई उनको अनौठो आविष्कारका लागि धेरै पुरस्कार प्रदान गरिएको छ। उनलाई पेरिस सरकारले पनि सम्मान गरेको छ । यसका साथै उनले भारतका पूर्व राष्ट्रपति अब्दुल कलाम, प्रतिभा पाटिल र प्रणव मुखर्जीबाट पनि धेरै राष्ट्रिय पुरस्कार प्राप्त गरिसकेका छन् । उनको अहिले यो ब्यवसाय एकदमै राम्रो संग चलिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर