सुटिङलाई रियल संझेर युवतीको ज्यान बचाउन दुई अपरिचित युवक बाईक बाट हाम्फाले पछि — OSNepal

सुटिङलाई रियल संझेर युवतीको ज्यान बचाउन दुई अपरिचित युवक बाईक बाट हाम्फाले पछि

LC (KTM) June 20, 2022 0

कहिले काँहि रिलका कुरा पनि रियल जस्तो लाग्ने गर्छ । कथावस्तु, फिल्मको पात्र, परिस्थिती सबै कुराले कहिले हसाउँछ त कहिले रुवाउने गर्छ । तर कहिले काँहि यस्तो घटना पनि हुन पुग्छ कि पर्दाका कुरालाई बाहिरका मानिसहरुले नबुझेर सुटिङमै लफडा समेत हुने गर्छ । यस्तै भएको टेलिभिजन सिरियल तेरे बिना जिया जाये ना को सुटिङको क्रममा ।

यस सिरियलको एक्सन पार्टको छायाँकन भईरहेको थियो । यो सिरियलको कृशा अर्थात अञ्जली तत्रारीको अपहरणको सिन भईरहेको हुन्छ । यसमा उनलाई बचाउन यस सिरियलका नायक अर्थात देबराज अवनीश रेखी अपहरण गरेर लगिरहेको कारमा झुण्डिन्छन् । उनले गाडी रोक्न सफल हुन्छन् । त्यतिबेला उनले गुण्डाहरु संग फाइट गर्छन् । कृशालाई भिरबाट खस्नबाट बचाउँछन् ।सिरियलको क्रु टिमलेअञ्जलीको यो लामो शट खिचिरहेको थियो ।

उनलाई सडकबाट उठाएर चलिरहेको कारमा धकेलिन्छ । तर अविनाश रेखी उद्धार गर्न अगाडि आएपछि अञ्जली तत्रारीलाई बचाउन मोटरसाइकलमा आएका दुई जना अपरिचित युवक हाम्फाल्छन् । उनिहरुलाई यो थाहा हुदैन कि यहाँ सुटिङ भईरहेको छ । निर्देशक समेत यो दृश्य देखेर छक्क पर्छन् । उनले न त कट भन्न सक्छन् न त ओके नै ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर