कोरोना रिपोर्ट नेगेटिभ आएको तिन दिनपछि एमाले नेता रोकायाको निधन — OSNepal

कोरोना रिपोर्ट नेगेटिभ आएको तिन दिनपछि एमाले नेता रोकायाको निधन

LC (KTM) June 16, 2021 0

बझाङ, असार २ – नेकपा (एमाले)का बझाङ जिल्ला कमिटी सदस्य एवं खप्तड पर्यटन विकास समितिका सदस्य मिश्र रोकायाको निधन भएको छ । खप्तडछान्ना गाउँपालिका–५ माझी गाउँका रोकायालाई दुई हप्ता अघि जिल्ला अस्पताल सिमखेतमा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएपछि जिल्ला अस्पताल सिमखेत र पछि थप उपचारको लागि डडेलधुरा प्रादेशिक अस्पताल लगिएको थियो ।

पछिल्लो समयमा कोरोना रिपोर्ट नेगेटिभ आएको तिन दिनपछि उहाँको निधन भएको छ । थप उपचारका लागि काठमाडौँ लाने तयारी भए पनि मौसमले साथ नदिएको परिवारले जनाएको छ । विसं २०७४ को चुनावमा खप्तडछान्ना गाउँपालिका अध्यक्षका उम्मेदवार समेत हुनुभएको थियो । उहाँको निधनले खप्तड छान्ना गाउँपालिकाले एक अशल अभिभावक गुमाएको रोकाया आफन्त समेत रहेका वडाध्यक्ष भीम रोकायाले बताउनुभयो । रोकायाका श्रीमती, दुई छोरा र एक छोरी छन् । रोकायाको निधनमा एमाले सुदूरपश्चिमका नेता तथा पूर्वमन्त्री भानुभक्त जोशीले श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर