काठमाडौं ६ असार । पेट्रोलिय पदार्थको गरिएको मुल्यवृद्धिको फिर्ता गर्न माग गर्दैै सांसहरुले आवाज उठाएका छन् ।
सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सत्तापक्ष तथा प्रतिपक्ष दलका सांसदहरुले मूल्यवृद्धि फिर्ता गर्न माग गरेका हुन् ।
बैठकको शून्य समयमा बोल्दै माओवादीका केन्द्रका प्रमुख सचेतक देव गुरुङले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता माग गरेका छन् ।
एमालेकी सांसद नवीना लामाले इन्धनको मूल्यवृद्धले सबै क्षेत्रमा मूल्यवृद्धि भएर निमुखाको चुल्हो बल्न नसकेको भन्दै विरोध जनाएकी छन् ।