काठमाडौं ६ असार । पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुपर्ने कारणबारे सदनमा जवाफ दिन भन्दै अग्निप्रसाद सापकोटाले सरकारलाई निर्देशन दिएका छन् ।
आज सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख सापकोटाले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुपर्ने कारणबारे सदनमा जवाफ दिन भन्दै सरकालाई निर्देशन दिएका हुन् । सरकारले गए रातिबाट पेट्रोलियम पदार्थको मुल्य बढाएको हो ।
संसद बैठक सुरुभएसँगै एमाले सांसद पद्मा अर्यालले मूल्यवृद्धिबारे सदन र जनतालाई सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्ने र यसको लागि रुलिङ जारी गर्न सभामुख सापकोटासँग माग गरेकी थिइन् ।
सरकारले जनतामाथि अत्याचार गरेको भन्दै उनले रुलीङ नगरेसम्म बैठक चल्न नसक्ने सांसद आर्यालले बताएकी छन् । सांसदको माग पछि सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई निर्देशन दिएका हुन् ।