निरन्तरको वर्षात्का कारण बागलुङको मालढुङ्गास्थित पक्की पुल भत्कियो — OSNepal

निरन्तरको वर्षात्का कारण बागलुङको मालढुङ्गास्थित पक्की पुल भत्कियो

LC (KTM) June 16, 2021 0

गलकोट, असार २ – केही दिनको निरन्तरको वर्षात्का कारण बागलुङको मालढुङ्गास्थित पक्की पुलमा ठूलो क्षति पु¥याएको छ । काठेखोलामाथि निर्माण गरिएको पक्की पुलमा बाढीले क्षति पु¥याएपछि बागलुङको दक्षिण भेगको जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाको सडक सञ्जाल विच्छेद भएको छ ।राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोरअन्तर्गत रहेको सो पुलमा बाढीले ठूलो क्षति पु¥याएको हो । मङ्गलबार राति काठेखोलामा आएको बाढीले पुलको छेउछाउको ग्याबिन बगाएपछि पुल उच्च जोखिममा परेको हो । तत्कालै मर्मत नगरे बाढीले पुल नै बगाउन सक्ने बागलुङ नगरपालिका—१ का वडा सदस्य सूर्य लामिछानेले बताउनुभयो ।

उहाँका अनुसार पुलमा यात्रा गर्नै नमिल्ने गरी भत्किएको छ । पुल भत्किएपछि बागलुङ नगरपालिका वडा नम्बर १२, १३, १४, जैमिनी नगरपालिका र बरेङ गाउँपालिका नागरिकलाई बागलुङ बजार आउजाउमा समस्या परेको छ । जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारीसहितको टोलीले पुलको स्थलगत निरीक्षण गरेको थियो । पुल तत्काल मर्मतका लागि सडक डिभिजन कार्यालयलाई निर्देशन दिइएको र थप क्षति हुनबाट जोगाइने प्रजिअ शिवकुमार कार्कीले बताउनुभयो ।

वर्षात्ले सात परिवार विस्थापित:- निरन्तरको वर्षातका कारण बागलुङमा दुई घर भत्किएका छन् भने सात घर परिवार विस्थापित भएका छन् । वर्षापछि जिल्लाका विभिन्न स्थानमा आएको पहिराले दुई घर पूर्णरुपमा क्षति भएको र सात घर पहिराको उच्च जोखिममा परी परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बागलुङ नगरपालिका–७ पैरावारीमा घरमाथिबाट आएको पहिराले एक घर भत्काएको छ भने एक घर उच्च जोखिममा पारेको छ । यस्तै नगरपालिका–४ स्थित नन्दलाल पौडेलको घर भत्केको र अन्य दुई घर उच्च जोखिम परेपछि विस्थापित भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिनुभयो । वडा नं १३ फर्सेडाडा बस्ने पार्वती पौडेलको घरमा पहिरो आई उच्च जोखिममा परेको छ । यस्तै बरेङ गाउँपालिका–१ भ्युडाडा वस्ने विशाल विक र गलकोट नगरपालिका–४ चमुवास्थित चन्द्रकला क्षेत्रीको घरको घर पनि जोखिममा रहेकाले विस्थापित भएका छन् ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर