खोलाले बगाएर बेपत्ता भएका चौधरीको शव फेला — OSNepal

खोलाले बगाएर बेपत्ता भएका चौधरीको शव फेला

LC (KTM) June 16, 2021 0

गोरखा, २ असार – ठोटनेरी खोलाले बगाएर मंगलबार बेपत्ता भएका गोविन्द चौधरीको शव आज भेटिएको छ । आरुघाट गाउँपालिका–२ ढोडेनीस्थित ठोटनेरी तर्ने क्रममा बेपत्ता भएका बर्दिया राजापुर नगरपालिका वडा नम्बर ७ का चौधरीको शव मान्द्रेथोकमा भेटिएको हो । जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले बगाएको स्थानदेखि करीब दुई किलोमिटर तल खोलामा ढुङ्गाका चेपुवामा शव फेला परेको बताउनुभयो ।

मेलम्ची खानेपानी आयोजनाका संरचना डुबानमा:- अविरल वर्षाले मेलम्ची नदीमा बाढी आउँदा हेलम्बु गाउँपालिका–१ अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनामा कार्यरत निर्माण कम्पनीका कर्मचारी घाइते भएका छन् भने आयोजनाका संरचनाहरु डुबानमा परेका छन् । बाढीका कारणले अहिले आयोजनाको संरचनामा कति क्षति पुग्यो भन्ने प्रारम्भिक अनुगमनबाट विस्तृत जानकारी आउन नसकेको आयोजनाले जनाएको छ । त्यहाँका स्थायी संरचना पानीभित्रै भएपनि आफ्नै ठाउँमा भएको र अहिलेसम्म संरचनामा धेरै क्षति भएको नदेखिएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताउनुभयो । उहाँका अनुसार हेलिकोप्टरबाट खिचेको फोटोमा संरचना नभत्केको पाइएको छ । नदी बढेकाले ‘हेडवर्कस्’ लगायत संरचना अहिले पानी मुनि रहेका छन् ।

आयोजनामा निर्माणस्थलमा कार्यरत केही बेपत्ता भएको र केही घाइते भएको जानकारी आएको प्रवक्ता पन्तले बताउनुभयो । निर्माण कम्पनीका कति कर्मचारी बेपत्ता भए वा कति घाइते भन्ने यकिन नभएकाले बुझ्न प्रयास भइरहेको आयोजनाले जनाएको छ । घाइतेहरुलाई उद्धार गरी उपचारका लागि धुलिखेल र काठमाडौँ पु¥याएको छ ।

अत्याधिक वर्षाका कारण नदीको तह बढेको भएपनि त्यहाँ रहेका संरचनाको बाढी आउनुमा भूमिका नभएको आयोजनाले जनाएको छ । कतिपय स्थानीयबासीमा सुरुङ परीक्षण शुरु गरेकै दिनबाट बाढी गएकाले पनि आयोजनाको पानी मेलम्ची नदीमा खसालेको बुझाइ छ । प्रवक्ता पन्तले भने आयोजनाको मेलम्चीपट्टिको ढोका बन्द गरिएको र सुन्दरीजलबाट पानी खाली गरिएको जानकारी दिनुभयो । अधिक वर्षाले नदीमा तह बढेकाले हेलम्बु गाउँपालिका, मेलम्ची नगरपालिका र त्यस आसपासका पालिकामा मानवीय र भौतिक क्षति भएको छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर