काठमाडौं :
शुक्रबारदेखि दीपेन्द्र के खनालको निर्देशित फिल्म चिसो मान्छे प्रदर्शन भइरहेको छ। पहिलो दिन ४१ लाख रूपैयाँ कमाउँदै राम्रो ुओपनिङु गरेको फिल्मले दोस्रो दिन शनिबार
ले ६२ लाख ७५ हजार रूपैयाँ कमाएको छ। फिल्मले दर्शकबाट मिश्रित प्रतिक्रिया पाइरहेको छ।
फिल्ममा वैदेशिक रोजगारीमा गएका युवकको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंबाट बाजुरासम्म पुर्याउँदाको कथा फिल्ममा देखाइएको छ । फिल्मको दिपेन्दरु के खनालले नर्दिेशन गरेका तयार गरो हुन् ।
शर्मिला पाण्डेले निर्माण गरेको फिल्ममा स्वस्तिमा खड्का, अर्पण थापा र देशभक्त खनालको मुख्य भूमिका छ। निर्देशक खनालले छायांकन गरेको फिल्मलाई दीर्घ खड्काले सम्पादन गरेका हुन्। फिल्ममा आशान्त शर्मा, प्रभाकर न्यौपाने, रामबाबु रेग्मी, झकेन विसी, सञ्जोग रसाइली, पुष्पा अवस्थी, सृष्टि आचार्य, विकास खनाल लगायत कलाकारको अभिनय छ।