यस्तो छ आजको नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ? — OSNepal

यस्तो छ आजको नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

LC (KTM) June 20, 2022 0

काठमाडौं, ६ असार :

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

आज अमेरिकी डलर एकको खरिद दर १२४ रुपैयाँ ६२ पैसा र बिक्री दर १२५ रुपैयाँ २२ पैसा रहेको छ । युरोपियन युरो एकको खरिददर १३० रुपैयाँ ८५ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४८ पैसा छ ।

अष्ट्रेलियन डलर एकको खरिदमा ८६ रुपैयाँ ३७ पैसा र बिक्रीमा ८६ रुपैयाँ ७९ पैसा र क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ६६ पैसा र बिक्रीदर ९६ रुपैयाँ १२ पैसा रहेको छ ।

यसैगरी चिनियाँ युआन एकको खरिदमूल्य १८ रुपैयाँ ५५ पैसा र बिक्रीमूल्य १८ रुपैयाँ ६४ पैसा, जापानिज येन १० को खरिदमा ९ रुपैयाँ २३ पैसा र बिक्रीमा ९ रुपैयाँ २८ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३३ रुपैयाँ २१ पैसा र बिक्रीमूल्य ३३ रुपैयाँ ३७ पैसा र कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ २२ पैसा र बिक्रीमूल्य ३४ रुपैयाँ ३८ पैसा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर