९६ किलो गाँजा सहित ५ जना पक्राउ — OSNepal

९६ किलो गाँजा सहित ५ जना पक्राउ

LC (KTM) June 16, 2021 0

मकवानपुर २ असार । ९६ किलो ४ सय ग्राम लागुऔषध गाँजासहित ५ पक्राउ परेका छन् । पूर्वपश्चिम राजमार्ग स्थित हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१० मेनरोडबाट गएराति १० बजे विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको बिशेष प्रहरी टोलीले ना.२ ख ५५७९ नम्बरको कन्टेनर गाडीमा लुकाईछिपाई ल्याएको गाँजा बरामत गरेको हो ।

पक्राउ पर्नेमा कन्टेनरका चालक मनहरी गाउँपालिका वडा नम्बर–६ का २५ वर्षीय सन्तोष आलेमगर, सह–चालक सोही ठाउँ बस्ने बर्ष २१ को मोसा घलान र सो कन्टेनरमा सवार कैलाश गाउँपालिका वडा नम्बर–८ भार्ता बस्ने वर्ष २४ का उमेश लामालाई, सोही स्थान बस्ने बर्ष २९ का रोशन मोक्तान र चितवन राप्ती नगरपालिका वडा नम्बर–२ बस्ने बर्ष ३१ का बिष्णु लामा रहेका छन् ।

पक्राउ परेकाहरुमाथि थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर