नेपाली राष्ट्रिय छापामाध्यम सञ्जालले आज प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष बालकृष्ण बस्नेतलाई हार्दिक बधाई ज्ञापन गरेको छ । सञ्जालका अध्यक्ष देवप्रकाश त्रिपाठीले आज काउन्सिलमा एक समारोहबीच अध्यक्ष बस्नेतलाई कार्यकाल सफलताको कामनासहित बधाई दिनुभएको हो । सो क्रममा त्रिपाठीले पत्रकारिताको संरक्षण र सम्र्वद्धनमा सँग–सँगै सहकार्य गरेर अघि बढ्ने विश्वास ब्यक्त गर्नुभयो ।
वरिष्ठ पत्रकार त्रिपाठीले छापामाध्यमको अस्तित्व टिकाउनका लागि विशेष पहल गर्नु पर्ने अवस्था आएको बताउनुभयो । पूर्व कार्यवाहक अध्यक्ष श्रेष्ठले अनलाइनले छापामाध्यम विस्थापित हुने अवस्था नआओस भन्नको लागि यस्ता बहस र छलफल आवश्यक भएको बताउनुभयो ।
निर्वतमान कार्यवाहक अध्यक्ष बुढाथोकीले प्रविधिसँगै छापामाध्यममा पनि परिवर्तन हुनुपर्ने बताउनुभयो ।कार्यक्रममा काउन्सिलका सदस्यहरू दीपक पाण्डे, ठाकुरप्रसाद बेलबासे, काउन्सिलका सदस्य सचिव एवं सूचना तथा प्रशारण विभागका महानिर्देशक गोगनबहादुर हमालको सहभागिता थियो ।