काठमाडौं ५ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका पूर्वमन्त्री समेत रहेका उपाध्यक्ष विक्रम पाण्डेले भ्रष्टचार मुद्धामा सफाई पाएका छन् ।
दुई अर्ब १३ करोडको भ्रष्टाचारको मुद्दा उनलाई विशेष अदालतका अध्यक्षसमेत रहेका न्यायाधीश श्रीकान्त पौडेल, रमेशकुमार पोखरेल र यमुना भट्टराईको इजलासले सफाइ दिएको हो ।
अख्तियारले पाण्डेलाई दुई वर्ष कैद सजाय माग गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । साथै, अख्तियारले आयोजना प्रमुख, सिचाइ विभागका इन्जिनियर, कालिका कन्स्ट्रक्सनका प्रबन्ध निर्देशकसहित २१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।