काठमाडौं ५ असार । काठमाडौं महानगरपालिकाले ‘एम्फी थिएटर’ निर्माण गर्ने भएको छ ।
आइतबार काठमाडौं महानगरपालिकालका मेयर बालेन्द्र साहले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै काठमाडौंमा ‘एमफी थिएटर’ निर्माण गर्ने घोषणा गरेका हुन् ।
कला क्षेत्रलाई प्रबर्द्धन गर्नका लागि काठमाडौं महानगर क्षेत्र भित्रका डबलीहरुको पुनर्स्थापना र एम्फी थियटर निर्माण गरिने जारी सार्वजनिक नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
यस्तो नीति तथा कार्यक्रममा विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति, बौद्ध, स्वयम्भु र बसन्तपुर क्षेत्रको संरक्षण गरिने, स्वयम्भु र बौद्धको व्यवस्थापन काठमाडौं महानगरपालिका अन्तर्गत ल्याउन पहल गरिने जानकारी दिइएको छ ।
साथै, कार्यक्रममा महानगर क्षेत्र भित्र मनाइने जात्रा, पर्व, मेला, पूजा, परम्परागत जीवन शैली एवं अन्य सांस्कृतिक सम्पदाहरुको मुख्य परिचयात्मक विवरण सहित महानगरको सांस्कृतिक प्रोफाइल तयार गरीने पनि बताइएको छ ।