काठमाडौं ५ असार । तत्कालिन मेयर विद्यासुन्दर शाक्यले भत्काउन लागेका काठमाडौं महानगरपालिकाले बागदरबारको प्रवलीकरण (रेट्रोफिट) गर्ने भएको छ ।
आइतबार आर्थिक वर्ष २०७९/०८०को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) साहले हरिभवन (बागदरबार)को प्रवलीकरणको लागि आवश्यक व्यवस्था गर्ने बताएका हुन् ।
शाक्यले यो पुरातात्विक महत्वको बागदरबार नभई निकै समयपछि बनेको हरिभवन भएको भन्दै बागदरबार भनेको त ठेगाना मात्रै भएको दावी गर्दै बागदरबार हैन भन्ने प्रमाणहरु आफूहरुसँग भएको समेत बताएका थिए ।
२०७२ सालको महाभूकम्पपछि बागदबारका सबैजसो विभाग जेडी कम्प्लेक्समा सारिएका छन् ।
शाक्यले भनेका थिए, ‘यो पुरातात्विक महत्वको बागदरबार हैन, निकै समयपछि बनेको हरिभवन हो, बागदरबार भनेको त ठेगाना मात्रै हो ।’