काठमाडौं ५ असार । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मन्त्री हेरफेरको विषयमा भएको ढिलाई प्रति आपत्ती जनाएका छन् ।
आठ महिनामा मन्त्री हेरफेर गर्दा पनि प्रधानमन्त्री र गठबन्धनका अरु दलले समय मागेको भन्दै नेपालले आपत्ती जनाएका हुन् ।
आफूहरुले बाध्यतामा मन्त्री परिवर्तन गर्न लागेको बताएका नेपालले सरकारमा नयाँ मन्त्री पठाउन प्रधानमन्त्री र माओवादीका साथीले एक दुई दिन पर्खन आग्रह गरेकाले समय लागेको बताएका छन् ।
नेपालले भने, ‘६ महिना भन्दा पहिले नै मन्त्री परिवर्तन गर्ने चर्चा चलेकै हो । ६ महिना काम गर्न दिनुस् भन्यौं, अहिले ८ महिनामा परिवर्तन गर्न लागेका हौं ।’