काठमाडौं ५ असार । अमेरिकी स्टेट पाटर्नसिप प्रोग्राम (एसपीपी)बारे छलफल गर्न सर्वदलीय बैठक आह्वान गरिने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको सत्ता गठवन्धनको शिर्ष नेताहरुको बैठकले सर्वदलीय बैठक आह्वान गर्ने तयारी गरेको हो ।
बैठकमा शिर्ष नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई सर्वदलीय बैठक बोलाएर यसबारे यथार्थ जानकारी गराउनु पर्ने बताएसँगै बैठक आह्वान गर्ने भएको हो ।
बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’,समाजवादीका अध्यक्ष माधव नेपाल,झलनाथ खनाल,जसपाका अध्यक्ष उपेन्द्र यादव लगायत नेताहरुकोहरुको सहभागिता रहेको छ ।