काठमाडौं ५ असार । नेपाली कांग्रेसका सांसदहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको बचाउ गरेका छन् । आज बसेको प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा अनुपस्थिति भएपछि कांग्रेसका सांसदहरुले देउवाको बचाउ गरेका हुन् ।
समिति सभापति पवित्रा निरौला खरेलले प्रधानमन्त्री अनुपस्थित हुँदा अपमान गरेको महसुस भएको भन्दै देउवाको अनुपस्थितिलाई संसदीय समितिको अपमान गरेको भन्न नमिल्ने बताएकी छन् ।
‘अपमान’ भन्ने शव्द उचित नभएको बताउँदै कांग्रेसकी सचेतक पुष्पा भुसालले आफुहरुले बोलाउँदा आउने प्रधानमन्त्री समय के भयो त्यस आधारमा बुझ्नुपर्ने भन्दै अपमान शब्द प्रयोग नगर्न आग्रह गरेकी छन् ।
त्यसैगरी, देउवाको बचाउ गर्दै सांसद दिव्यमणी राजभण्डारीले पनि प्रधानमन्त्रीको कार्यव्यस्तताका कारण उपस्थित हुन नसकेको विषयलाई अपमानकै रुपमा लिन बताएका छन् ।