बैठकमा देउवा अनुपस्थित भएपछि रावलले भने-अमेरिकालाई एसपीपीमा रहन्नौं भनेर पत्र लेख्न देउवालाई निर्देशन जारी गरौं — OSNepal

बैठकमा देउवा अनुपस्थित भएपछि रावलले भने-अमेरिकालाई एसपीपीमा रहन्नौं भनेर पत्र लेख्न देउवालाई निर्देशन जारी गरौं

LC (KTM) June 19, 2022 0

काठमाडौं ५ असार । नेकपा एमालेका नेता डा भीम रावलले अन्तर्राष्ट्रिय सम्बन्ध

समितिको बैठकमा शेरबहादुर देउवाको अनुपस्थिति ‘खेदजनक’ भएको बताएका छन् । आसन्न अमेरिका भ्रमण, नेपालको परराष्ट्र नीति, एसपीपी लगायतको विषयमा समितिले आज बस्ने बैठकमा देउवालाई बोलाएको थियो ।

तर काम व्यस्थताको कारण देउवा आउन नसके पछि नेता रावलले बैठकमा यो विषयमा खेद प्रस्ताव पारित गर्नुपर्ने बताएका हुन् ।

रावलले भने, ‘यहाँ सांसदहरुले अपमान नभनौं भन्नुभो, म त भन्छु यो खेदजनक छ । खेदप्रस्ताव पारित गरौं ।’हिजो लोकतन्त्र खतरामा पर्यो भनेर प्रधानमन्त्री बनेका देउवाले यही हो त लोकतन्त्रको रक्षा गरेको भन्दै प्रश्न गरेका रावलले भने , ‘उहाँलाई प्रधानमन्त्री बनाउन मैले हस्ताक्षर गरेको इतिहासले समिक्षा गर्ला । उहाँ अनुपस्थित हुनु भनेको हिजैकै गलत कार्यको निरन्तरता भएन र?’

प्रधानमन्त्री अनुपस्थित हुनुमा आशंका उब्जिनु स्वाभाविक भएको बताएका उनले भने ,’ समितिमा पनि नआउने, पत्र पनि नलेख्ने आशंका जन्मिंदैन त ?,’आज प्रधानमन्त्रीलाई तत्काल अमेरिकालाई एसपीपीमा रहन्नौं भनेर पत्र लेख्न निर्देशन जारी गरौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर