काठमाडौं :
काठमाडौं महानगरपालिकाले आज दिउँसो नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । । स्वतन्त्रबाट विजयी भएका काठमाडौं महानगरपालिकाका प्रमुखमेयर बालेन शाहले नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा एकीकृत समाजवादीको घोषणा पत्रलाई पनि नीति तथा कार्यक्रममा समेट्ने तयारी गरेका छन् ।
आज दिउँसो ३ बजे राष्ट्रिय सभा गृहमा नीति तथा कार्यक्रम सार्वजनिक गरिने महानगरपालिका स्रोतले जनाएको छ ।नीति तथा कार्यक्रम सार्वजनिक गर्नुअघि कार्यपालिका बैठक बस्ने तयारी भइरहेको बताइएको छ ।काठमाडौं महानगरले यही असार १० गते बजेट ल्याउने तयारी गरिरहेको छ ।