भदौ १७ गतेबाट नेपाल भरका चलचित्र घरमा रिलिज हँदै केकी र आँचलको ‘झिँगेदाउ' — OSNepal

भदौ १७ गतेबाट नेपाल भरका चलचित्र घरमा रिलिज हँदै केकी र आँचलको ‘झिँगेदाउ’

LC (KTM) June 19, 2022 0

काठमाडौं । ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘झिँगेदाउ’ को पोस्टर सार्वजनिक गर्दै नयाँरिलिज डेट तय गरिएको छ । अब भदौ १७ गतेबाट नेपाल भरका चलचित्रघरमा रिलिज हुनेछ ।कोरोना महामारी अगाडी नै अधिकांश छायांकन सकिएको फिल्मको केहीदिन अगाडी मात्रै एक गीतको छायांकन गरिएको थियो । पोष्ट प्रोडक्सनको काम समेत अन्तिम चरणमा रहेको फिल्मको केही दिनमा गीत रिलिज गर्दै प्रचार प्रचारको काम आरम्भ गरिनेछ ।

फिल्ममा केकी अधिकारी मुकुन भुषाल, आँचल शर्मा र कुशल बिष्टले मुख्य भुमिका निवार्ह गरेका छन् ।राजधननि दैनिकमा खबर छ । झिँगेदाउमा रामजी लामिछानेको कोरियोग्राफी, अर्जुन पोखरेलको संगीत, बिष्णु घिमिरेको छायांकन, मित्र डि गुरुङको सम्पादन छ ।

कपनगडी सिनेमा र फिल्म क्रियु नेपालको ब्यानरमा निर्माण भएको चलचित्र भिमनिधि तिवारीको कथा ‘झिँगेदाउ’मा आधारित रहेको छ । प्रदीप भारद्वाजको पटकथा तथा सम्वाद लेखेको फिल्मका निर्माता सुलभ, समिक्षा र सुशिल हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर