जलस्तर खतराको विन्दुमा पुगेपछि गण्डक ब्यारेजमा सबै ३६ ढोका खोलियो — OSNepal

जलस्तर खतराको विन्दुमा पुगेपछि गण्डक ब्यारेजमा सबै ३६ ढोका खोलियो

LC (KTM) June 16, 2021 0

काठमाडौं-गण्डक ब्यारेजका सबै ३६ वटा ढोका खोलिएको छ। गण्डक ब्यारेजमा जलस्तर खतराको विन्दुमा पुगेपछि ब्यारेजका सबै ३६ वटा ढोका खोलिएको हो । नवलपरासी ९बर्दघाट पश्चिम०का प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जलस्तर बढेपछि ब्यारेजको ढोका खोलिएको बताए ।

सो ब्यारेजबाट ४ लाख १२ हजार क्युसेक पानी बगिहरेको छ। पालही ननन्दन गाउँपालिका, सरावल गाउँपालिका, प्रतापपुर गाउँपालिका र सुस्ता गाउँपालिकाका दक्षिणी भेगमा रहेका बस्तीहरुमा पनि बाढी पसे पछि स्थानिय त्रसित भएका छन् ।सो क्षेत्रमा बाढीबाट कुनै क्षति भने भइनसके पनि खतरा रहेको बताइएको छ ।

यो पनि, अस्पतालबाट नेता खनालको सन्देश स् ‘पार्टी मिलाउनुस् कमरेड‘’ : थप उपचारका लागि भारतको नयाँ दिल्ली जानुअघि नेकपा ९एमाले०का वरिष्ठ नेता झलनाथ खनालले पार्टीलाई एकताबद्ध बनाउन महासचिव ईश्वर पोखरेललाई आग्रह गरेका छन्।

थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री खनाललाई आज महासचिव पोखरेलले भेट गरेका थिए। ‘पार्टी मिलाउनुस् कमरेड।।’ भनी नेता खनालले महासचिव पोखरेललाई आग्रह गर्नुभएको महासचिवका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए।

एमालेभित्रको विवाद मिलाउन दोस्रो तहका नेताहरु सक्रिय रहेका बेला उच्च नेताबीचमा पनि अनौपचारिक संवाद भइरहेको छ तर निकास निस्किसकेको छैन।

नेता खनालको रगत जाँच गर्दा हेमोग्लोबिनको कमी देखिएको तथा ज्वरोसँगै स्वास्थ्यमा थकान महसुस हुने, श्वास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिएपछि उनलाई गत जेठ ३१ गते अस्पताल भर्ना गरिएको थियो। केही महिनाअघि नेता खनाल कोभिड–१९ सङ्क्रमणमुक्त भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर