काठमाडौं ४ असार । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले नेपाली सेनामार्फत अमेरिकाले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अघि बढाउन खोज्नु गम्भीर विषय भएको भन्दै आपत्ती जनाएका छन् ।
मदन भण्डारी फाउन्डेसनले शनिबार काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा नेता पुनले नेपाली सेनामार्फत एसपीपी अगाडप् बढाउनु खोजनु आपत्ती जनक भएको बताएका हुन् । ‘एसपीपी परराष्ट्र मन्त्रालयमार्फत आउनु पर्नेमा सेनामार्फत आउनु गम्भीर हो, अब यस्तो नहोरियोस्, यो नै अन्तिम पटक होस् ।’ उनले भने ।
नेपालले असंलग्न परराष्ट्र नीति अबलम्बन गर्दै आएको बताएका उनले राजनीतिक नेतृत्वलाई बाइपास गरेर सैनिक नेतृत्वमार्फत एसपीपीको प्रस्ताव आउनुको कारण सबै मिलेर खोज्नुपर्नेमा जोड दिएका छन् ।
नेपाली सेनाको व्यवसायिक निष्ठामा कुनै शंका नभएको बताएका उनले राजनीतिक नेतृत्वमार्फत आउनुपर्ने प्रस्ताव सेनामार्फत आउनु र राजनीतिक नेतृत्वलाई छलेर पटकपटक गरिएको पत्राचारलाई सामान्य रुपले हर्न नमिल्ने बताएका छन् ।