काठमाडौं ४ असार । धादिङका किसानहरुले अवैध रुपमा ल्याएको रासायनिक मल लुटेका छन् । धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर ६ स्थित धार्केमा ट्रकमा ल्याएको अवैध रासायनिक मल किसानहरुले लुटेका हुन् ।
अवैध रुपमा मल आएको जानकारी थाहा पाएपछि राजश्व अनुसन्धान विभागले मल समातेर राजश्व अनुसन्धान विभाग हरिहर भवन लगिँदै थियो । मल आउँदै गरेको जानकारी थाहा पाएपछि किशाले मल लुटेका हुन् ।
मल धार्के गाउँपालिकाका किसान र धुनिबेसी नगरपालिकाका किसानहरु मिलेर लुटेका हुन् । दूई वटा ट्रकमा आएको मल एउटा ट्रकमा आधा सिमेन्ट र आधा मल थियो जुन किशानले पुरै लुटेर लगेका छन् । बाँकी मल भने राजश्न अनुसन्धान विभागलाई नै जिम्मा लगाइएको बताइएको छ ।