नेपालले मुलकको हितविपरीतका कुनै पनि सन्धि, सम्झौता गर्दैन : महामन्त्री शर्मा — OSNepal

नेपालले मुलकको हितविपरीतका कुनै पनि सन्धि, सम्झौता गर्दैन : महामन्त्री शर्मा

LC (KTM) June 18, 2022 0

काठमाडौं ४ असार । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा अघि बढेको पुष्टि दावी गरेका छन् ।

कूटनीतिक मर्यादाविपरीत एसपीपीमा सामेल भएर नेपाली सेना पनि पहिलोपटक विवादमा तानिएको भन्दै असन्तुष्टि व्यक्त गरेका शर्माले एमालेले आफ्नो पार्टी कांग्रेसलाई आक्षेप लगाउने ढंगले संसद्मा बोलेको आरोप लगाएका छन् ।

एक कार्यक्रममा सहभागी भएका उनले नेपालले मुलकको हितविपरीतका कुनै पनि सन्धि, सम्झौता नगर्ने बताएका छन् ।

एसपीपी राष्ट्रको हितमा नभएकाले अघि नबढाउने कुरा प्रधानमन्त्री शेरबहादुर देउवाले स्पष्ट पारिसकेको बताएका उनले नेपालले अमेरिका, भारत, चीन कुनै पनि मुलुकबाट देश र जनताको हितका लागि सहयोग लिन सक्ने तर सैन्य गतिविधिमा भने कहिल्यै पनि सहभागी नहुने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर