उपराष्ट्रपति पुनले भोली दर्शक संगै बसेर चिसो मान्छे हेर्ने — OSNepal

उपराष्ट्रपति पुनले भोली दर्शक संगै बसेर चिसो मान्छे हेर्ने

LC (KTM) June 18, 2022 0

यतिबेला चर्चामा रहेको फिल्म हो चिसो मान्छे । फरक कथावस्तु लाई पृथक ढंगले उठाईको यस फिल्मले सकरात्मक प्रतिक्रिया पाईरहेको छ । फिल्म ‘चिसो मान्छे’ दोस्रो दिन शनिबार पनि हलहरुमा लागिरहेको छ । फिल्म बारे प्रतिक्रिया लिनका लागि कलाकार स्वस्तिमा खड्का र अर्पण थापा हल–हलमा पुगेर दर्शकसँग कुराकानी गरिरहेका छन् । हलहरु हाउसफुल नै भएका छन् ।

दर्शकको उत्साहजनक सहभागिता देखेर निर्देशक दीपेन्द्र के खनाल पनि खुशी देखिएका छन् । शुक्रबारै यो फिल्म अमेरिका र माल्टामा पनि रिलिज भएको छ । त्यहाँमा पनि फिल्मले सुखद थालनी गरेको छ । यसैक्रममा चिसो मान्छेलाई आईतबार उपराष्ट्रपति नन्दबहादुर पुनले पनि हेर्ने कार्यक्रम रहेको छ । दिउँसो साढे २ बजे कमलपोखरीस्थित बिग मूभिजमा पुनले फिल्म हेर्ने तय भएको जानकारी निर्देशक खनालले दिए ।

त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आलेले पनि केही दिनमा फिल्म हेर्ने सन्देश निर्मातालाई पठाएका छन् । बाजुरामा छायाँकन गरिएको यस फिल्मले सामाजिक कथा बोकेको छ । अर्पण र स्वस्तिमाले मुख्य भूमिका निर्वाह गरेको फिल्मले कतारबाट ल्याइएको शवलाई कोभिड लकडाउनको बीचमा काठमाडौंदेखि बाजुरासम्म लैजान तय गरिएको यात्रालाई पेश मार्मिक ढंगबाट प्रस्तुत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर