काठमाडौं ४ असार । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले आधिकारिक निकायले प्रक्रिया नपुर्याउँदा एसपीपी विवादास्पद बनेको स्पष्ट पारेका छन् । शनिबार मदन भण्डारी फाउण्डेशनद्वारा आयोजित एक कार्यक्रममा पुनले यस विषयमा पहिला केहि जानकारी नभएको भन्र्द यस्तो बताएका हुन् ।
एसपीपीको विषयमा आफुले पनि बाहिर आएपछि मात्रै थाहा पाएको भन्दै उनले घटनाक्रम बुझ्दा आधिकारिक निकायबाट प्रक्रिया नपुराएकै देखिएको बताएका छन् ।
‘परराष्ट्र मन्त्रालयबाट गर्नुपर्ने कामलाई जङ्गी अड्डाबाट रक्षा मन्त्रालयलाई चिठी पठाउनु, रक्षा मन्त्रालयले हाम्रो पनि एउटा प्रतिनिधि राख्नू भन्ने किसिमको जवाफले हाम्रो कमजोरीलाई देखाएको छ’, उनले भने ।
राजनैतिक संक्रमण तथा प्राकृतिक विपद्को समयको बेला पारेर एसपीपीलाई अगाडि बढाउन खोजिएको समेत उनले बताएका छन् ।