काठमाडौं ४ असार । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले १२ बुँदे व्याख्यात्मक टिप्पणीसहित एमसिसी पास नगरेको भए आफ्नो पार्टी र राजनीतिक निकै अप्ठेरो अवस्थामा पुग्ने स्पष्ट पारेका छन् ।
शनिबार आयोजित युवा विशेष जिल्ला कमिटीको सपथ ग्रहण कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले एमसीसी होइन व्याख्यात्मक टिप्पणीसहित पास भएको बुझ्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘हामीले जे गर्यौं, बुद्धिमानिका साथ गर्यौं, त्यसको हामीले उच्च मूल्याकंन गर्नुपर्छ। एमसीसी मात्र होइन, यो व्याख्यात्मक टिप्पणीसहित पास भएको हो भन्ने बुझ्नुपर्छ।’
अहिले एसपीपीको सन्दर्भमा आउँदा फेरि यो विषय नेपालको राजनीतिमा महत्वपूर्ण बनेको बताएका नेपालले एमसीसीका प्रसंग उठेको बेलामा आफूहरुले प्रखर आवाज उठाएको दावी गरेका छन् ।
‘त्यतिबेला पनि आवाज प्रखर भएर उठेको थियो, नेपाली नक्साका कुराहरु उठे त्यतिबेला पनि देशभक्तिको भावना बुलन्द भएर उठेको थियो, नेपालले भने ।