काठमाडौं ४ असार । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले काठमाडौं महानगरमा बालेन्द्र साहको जितलाई अपवाद मात्र भएको बताएका छन् ।
काठमाडौंको टोखा नगरपालिकामा आयोजित पार्टीको बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता महतले यस्तो बताएका हुन् ।
बालेनको जित होइन अपवाद भएको बताएका उनले अझै यो देशमा पार्टी प्रणाली नै चल्ने दावी गरेका छन् । ‘यो देशमा अझैपनि पार्टी प्रणाली नै चल्ने हो, निर्दल चल्दैन् । पार्टीले नै सरकार चलाउने हो ।’ उनले भने ।
बरु बालेनबाट दलहरुले केहि सिक्नु पर्ने भन्दै उनले यो देशमा अझैपनि पार्टी प्रणाली नै चल्ने र निर्दल नचल्ने दावी गरेका छन् ।