सिन्धुपाल्चोकमा बाढीमा परेर बेपत्ता भएकाहरुको पहिचान खुल्यो, बोले सहायक प्रजिअ — OSNepal

सिन्धुपाल्चोकमा बाढीमा परेर बेपत्ता भएकाहरुको पहिचान खुल्यो, बोले सहायक प्रजिअ

LC (KTM) June 16, 2021 0

काठमाडौं। सिन्धुपाल्चोकको हेलम्बुमा भिषण बाढी र पहिलो जाँदा बेपत्ता भएका ७ जनाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार बेपत्ता हुनेमा हेलम्बु–२ का ३१ वर्षीय माधव भण्डारी, ४२ वर्षीय गणेश ज्योती, हेलम्बु–३ घर भएका १३ वर्षीया टिकामाया खड्का, हेलम्बु–७ का ज्ञानेन्द्र कक्षपति, हेलम्बु–६ का च्याङ्बा तामाङका श्रीमान दम्पती र साँगाचोकगढी घर भएका सुरेन्द्र नेपाल रहेका छन् । सिन्धुपाल्चोकका सहायक प्रजिअ बाबुराम खनालका अनुसार उक्त षेत्रमा राहात र उद्धारकार्य जारी राखिएको छ ।

यसैबिच मेलम्चीमा आएको भिषण बाढीका कारण समस्या परेर घरको छतमा पुगेका हेलिकप्टरबाट उद्धार गरिएको छ । नेपाली सेनाका अनुसार आज बिहान मेलम्ची बजारको रोज होटलको छतबाट उनीहरूलाई हेलिकप्टरमार्फत् उद्धार गरिएको हो । होटलमा बसेका उनीहरु बाढी आएपछि त्यहीँ फसेर होटलको छतमा बसेर ज्यान जोगाएका हुन् । बाढीले वरिपरिबाट होटललाई घेरेको थियो भने केही तला डुबाएपछि नेपाली सेनाको हेलिकप्टरबाट उनीहरुको उद्धार गरिउको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलले जानकारी दिए ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलका अनुसार उनीहरु होटलबाट बाहिर निस्कन नसकेपछि होटलकै छतमा गएका थिए। गएराती आएको भिषण बाढीका कारण ठूलो धनमालको क्षती भएसँगै अहिले उक्त क्षेत्रमा उद्धार र राहात कायृक्रमलाई अगाडी बढाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर