महापुरुषमा देखिदै महजोडी — OSNepal

महापुरुषमा देखिदै महजोडी

LC (KTM) June 17, 2022 0

लामो समय पछि हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ठुलो पर्दामा देख्न पाईने भएको छ । दुबैको मुख्य भूमिका रहेको फिल्म ‘महापुरुष’को छायांकन शुक्रबारदेखि सुरु भए संगै फ्यानहरु खुशी भएका छन् । यस फिल्मको केही अंश काठमाडौंको धुम्बाराहीमा शुक्रबार छायांकन गरिएको हो । यस फिल्मलाई प्रदीप भट्टराईले निर्देशन गर्ने भएका छन् ।

४० दिनको छायांकन तालिका रहेको फिल्म म्याक्स दीपेश खत्रीको निर्माण र रविन्द्रसिंह बानियाँको कार्यकारी निर्माण रहेको फिल्ममा महजोडीसहित अरुण क्षेत्री, अन्जना बराइली, बानियाँ, गौरी मल्ल, राजाराम पौडेल लगायतको अभिनय छ । नेपाली समाजकै कथावस्तु लाई यस फिल्ममा अटाइएको छ । फिल्म बाबु–छोराबीचको सम्बन्धमा आधारित छ । ‘डाकिनी’ निर्माण रहेका बानियाँ र खत्रीले नयाँ प्रोजेक्टमा सहकार्य गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर