बालेन शाह स्थानीय तह निर्वाचनताका एकदमै चर्चामा रहदै आएका छन् । अब चर्चा सुरु भएको छ लोकप्रिय पत्रकार रबि लामिछानेको । उनले दशकौ लामो पत्रकारितालाई बिट मारेर राजनितीको मैदानमा छिरेका छन् । सबैभन्दा प्रमुख कुरो त उनी अब स्वतन्त्र उठ्ने हुन् या कुनै दल बिशेषको पात्र बनेर नजिकिएको संसदीय निर्वाचनमा आउने हुन् भन्ने चासोको बिषय बनेको छ ।
काठमाण्डौको कुनै एउटा क्षेत्रबाट रबि उठ्ने पक्का त भईसकेको नै छ तर उनले रोज्ने बाटो सबैको चासो बनेको छ । उसो त रबि यतिबेला ठुला दलका नेताहरु संग निरन्तर संबादमा रहेका छन् । उनले अहिले सम्म कुन पार्टी छान्ने हुन् पक्का भईसकेको छैन । आफूलाई विभिन्न पार्टीहरूबाट अफर आइरहेको तर निर्णय लिन बाँकी रहेको उनको भनाइ छ ।लामिछाने कांग्रेस, एमाले र राप्रपाका विभिन्न तहका नेताहरूसँग निरन्तर संवादमा छन् ।
स्रोतका अनुसार उनको सबैभन्दा सघन र गम्भीर छलफल चाहिँ राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसँग भइरहेको छ । लिङदेन अध्यक्ष भईकन उनको चर्चा पनि राम्रै भईरहेको छ भने संगठन बिस्तार पनि गाउँ गाउँ सम्म पुगेको छ । लिङदेनले पनि लामिछानेलाई भेटेरै आफ्नो पार्टीमा आउन प्रस्ताव गरिरहेका छन् ।उनी राप्रपामै जाने संभावना बलियो बनेको छ । किनकि लामिछानेका ससुरा उद्धव पौडेल हालै मात्र राप्रपा नेपाल त्यागेर राप्रपामा फर्किएका छन् ।
पौडेलकै मध्यस्थतामा लिङ्देन र लामिछानेबीच घनीभूत रुपमा संवाद जारी रहेको राप्रपा निकट स्रोतले बताएको छ । राजसंस्थाप्रति सदाशयता राख्ने भए पनि लामिछाने आफूलाई ‘राजावादी’ का रूपमा चिनाउन चाहँदैनन् । संघीयताको खारेजी, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीजस्ता विषयमा राप्रपासँग उनको मत मिल्छ । त्यस्तै लामिछानेका ठुला फ््यान तथा प्रशंसक ज्वाला संग्रौला , ज्ञानेन्द्र शाही पनि रबि राप्रपामै आउन् भन्ने उदेश्यका साथ लागि परेका छन् ।
यता लामिछानेका शुभचिन्तक तथा समर्थकहरू उनलाई स्वतन्त्र रुपमा उठेको हेर्न आतुर रहेका छन् । यसकारण पनि लामिछाने दोधारमा देखिएका छन् । चतुर लामिछानेले यो पनि बुझेका छन् कि एक्लो सांसदले केही गर्न सक्दैन । त्यसैले आफैँ पार्टी गठन गरेर स्वतन्त्र ब्यत्तिहरुलाई एकत्रित गर्दै चुनावी मैदानमा छिर्न सक्ने लामिछानेको बिकल्प भने खुल्लै रहेको छ ।