काठमाडौं । क्यान्सरसँग लडीरहेकी एक शिक्षिका हुन् पार्वती थापा विष्ट । बिजेश्वरी ज्ञान मन्दिर सैनिक महाबिद्यालयमा एक कुशल शिक्षिकाका रुपमा कार्यरत रहेकै समयमा उनलाई क्यासर रोग लाग्यो । क्यान्सरबाट थलिएपछि हाल उनको उपचार भारतमा भइरहेको छ ।
निकै इमान्दार र असल स्वभाव भएकी एक शिक्षीकाका रुपमा उनले लगाएको गुन बिर्सिन नसकेर बिजेश्वरीका बिद्यार्थीहरुले उनको उपचारका लागि आर्थिक सहयोग गर्ने हेतुले क्यापेनिगं नै गरेका छन् । उनीहरुले भनेका छन् शिक्षकहरू हाम्रो दोस्रो आमा हुन् जसले हामीलाई विभिन्न विषयहरू सिकाउँछन् फलस्वरूप हामी हाम्रो करियर र जीवनमा आउने बाधाहरूलाई सामना गर्न सक्छौं।
त्यही शिक्षिका आफ्नो जीवन बचाउन क्यान्सरसँग लडिरहनु भएको छ ।आज उहाँको जिवनमा पनि बाधा आएको छ। हामी उहाँलाई यति धेरै पिडामा देख्न सक्दैनौँ । त्यसैले सक्दो आर्थिक सहयोग गरिदिनुहुन सम्पूर्ण विद्यार्थी, पूर्व विद्यार्थी, शिक्षक, परिवार,आफन्तजन तथा आफन्तजनहरुमा हार्दिक अनुरोध गर्न चाहन्छु ।
उहाँले भारतमा आफ्नो उपचारका लागि हरेक पैसा खर्च गरिसक्नु भएको छ तर अब उहाँसँग कुनै विकल्प बाँकी छैन । सिंगो बिजेश्वरी आज हामी एकजुट भएर उहाँलाई नयाँ जीवन पाउन मद्दत गरौं, क्यान्सरसँग लड्न प्रोत्साहन गरौं।
बिजेश्वरीका बिद्यार्थीहरुले गरेको सहयोग अभिनयान सफल बन्दै गएको भएता पनि उनको उपचारमा ठूलो रकम लाग्ने भएका कारण देश विदेशमा रहेका दाजु भाइ तथा दिदी बहिनीहरुसँग परिवारले पनि सहयोगको अपिल गरेको छ ।
पार्वतीलाई फेरी पनि पहिलाकै अवस्थामा फर्काउन चाहाने तपाई हामी सबै शुभचिन्तकहरुले खुला मनले उनलाई सहयोग गर्न सकिन्छ । सहयोगका लागि उनको खाता नम्बर र पूरा ठेगाना यसप्रकार रहेको छ ।
Parbati Thapa Bista
Laxmi Bank
Account number: 04920002272