यतिबेला सबैतिर चर्चाकी पात्र बनेकि छिन् निहारिका राजपुत ।
बलात्कार बाट सन्तान जन्मिए पछि त्यसको डिएनए परिक्षण गरी पाउँ लगायतमा माग राखेर अनसनमा बसेकी उनले सरकार संग सहमती पछि अनसन तोडेकि थिईन् । उनलाई आफ्नो छोरी सरह घरमा राख्ने सार्वजनिक अभिब्यक्ति दिएकी नायिका करिश्मा मानन्धर पनि आलोचनाको शिकार बन्न पुगेकि थिईन् ।
उनै नायिका करिश्मा मानन्धरले आमरण अनसनमा बसेकी निहारिका राजपुतलाई आफ्नो घरमा लगेकी छन् । निहारिकासँग घरको छतमा खिचिएको एक तस्बिर सार्वजनिक गर्दै उनले निहारिकालाई घरमा लगेको जानकारी फेसबुक मार्फत दिएकी हुन् । उनले फेसबुकमा पोष्ट गर्दै भनेकि छिन्– धेरैले लेखेर मलाई ट्याग गर्नु भएको रहेछ कि निहारिकालाइ तपाईंको दया होइन न्याय चाहिएको हो । सहि कुरा हो तर तपाई हाम्रो साथ पाइनन भने उनले न्याय कसरी पाउलिन ।
१९ वर्षिया किशोरीले जुन हिम्मत देखाएर न्यायको निम्ति लडदै छिन उनी आफैमा शक्तिशाली छिन तर यो अवस्थामा उनलाई मानसिक र आर्थिक दुबै सपोर्ट्को आवस्यकता छ । मेरो अनुरोध छ हजुरहरु लाई हरेक कुरालाई सकारात्मक कोण बाट हेर्ने गर्नुहोला । जस्ले जे भने पनि निहारिका मेरो छोरि सरह हो मेरो साथ उनी संग रहने छ ।