काठमाडौं ।
लोकप्रिय अभिनेत्री करिष्मा मानन्धरले अन्तत एकल आमा निहारिका राजपूतलाई भेटेकी छिन् । करिश्माले नभेटीकनै सामाजिक संजालका माध्यमबाट महोत्तरीकी निहारिका राजपूतलाई छोरी बनाउने घोषणा गरेको भोलीपल्ट भेटेकी हुन् ।
न्यायका लागि अनशन बसिरहेकी निहारिकाको अवस्था बुझ्न उनी बसिरहेको उनको आफन्तको घरमा नै पुगेर करिश्माले स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएकी हुन् ।
बिहिबार निहारिकाको तस्विर पोस्ट गर्दै करिश्माले सामाजिक संजालमा आफ्नी छोरी कवितासँग तुलना गर्दै आफ्नो बच्चासहित आफ्नो घरमा आएर बस्न र छोरीसरह नै राख्ने इच्छा व्यक्त गरेकी थिइन् । करिश्माले फेसबुकमा १९ वर्षकी सानी बच्ची यति धेरै दिनदेखि न्यायका लागि अनशनमा बसेको उल्लेख गर्दै त्यो देखेर मलाई एकदमै पिरोलिरहेको बताएकी थिइन् ।
उनले आँफुले बिनोदजीको म्यानेजर कमल चौधरीलाई बिहीबार उनको अवस्था बुझ्नका लागि वसन्तपुरको अनशन बसिरहेको ठाउँमा नै पठाएको र फोनमा पनि कुरा गरेको समेत उल्लेख गरेता पनि सामाजिक संजालमा करिश्मालाई सूर्यकुमारी तिमीले न्यायका लागि पहल घर निहारिकाको बास र बाबु आमा बन्ने हतार नगर भन्ने ललगायतका आलोचना सुरु भएको थियो ।
धेरैले उनलाई निहारिकालाई छोरी बनाएर राख्ने कुरामा नकारात्मक प्रतिक्रिया दिएको भन्दै आफूले यो कुनै प्रचारका लागि गरेको नभएर साँच्चै एउटी छोरीलाई न्याय दिलाउन गरेको समेत जिकिर गरिन् ।
करिश्माका अनुसार निहारिका कानुन पढ्न चाहन्छिन् र उनको बच्चा पनि मन्टेसोरीमा राख्ने विषयमा कुरा भइरहेको छ । करिश्माले आज निहारिकालाई भेटे लगत्तै आफूले कानुनीरूपमा एडप्ट गर्नेभन्दा पनि भावनात्मकरूपमा छोरीसरह राख्न चाहेको समेत उल्लेख गरिन् ।