काठमाडौं :
स्वस्तिमा खड्का अभिनित फिल्म चिसो मान्छे’ आज बाट दशेभर प्रदर्शन हुँदैछ । यहि मेसोमा नायिका खड्काले फिल्मको हल ‘भिजिट’मा वान सिनेमाज् र बिग मुभिजमा बिहानै गएकी थिइन । हलमा जाँदा उनले दायाँबायाँ दुई बडीगार्ड पनि सँगसँगै लिएर गएकी थिइन् ।
उनले बीगार्ड लिएर गएपछि मिरुना प्रकरणले झस्क्याएको हो भनेरप्रश्न गरिएको थियो । जवफमा निर्माता शर्मिला पाण्डेले ‘हिजो के भयो, त्यो हामीलाई थाहा छैन। कलाकार लिएर हिँडेपछि दर्शकहरुले फोटो खिच्न खोज्नुहुन्छ। त्यसैले तलमाथि केही नहोस् भनेर हो ।’
त्यस्तै स्वस्तिमाले पनि ‘अहिले मलाई केही नभएसम्म फिल नहोला । मलाई अहिलेसम्म त्यस्तो केही भएको पनि छैन । तर, भोलि केही नहोला भन्न सकिँदैन । । हजार जनाको भीडमा एकजना नराम्रो व्यक्ति निस्किन पनि सक्नुहुन्छ ।
त्यसैले केही हुनुअघि नै सतर्कता अपनाउनु ठीक हो । केही समय अगाडि ‘कबड्डी ४’ को हल भिजिट हुँदा अभिनेत्री मिरुना मगरमाथि फ्यानबाट भएको दुर्व्यवहारले नेपाली सिने जगत खुबै गर्माएको थियो।