एजुकेसन कन्सल्टेन्सीले स्थानीय तह संग सेटिङ मिलाए् कोरियामा कामदार पठाउने गरेको खुलेको छ । यसअघि देशभरका बिभिन्न स्थानीय तहले कोरिया संग भगिनी सम्बन्ध कायम गरि मौसमी श्रमिक पठाउने संझौता अनुसार स्थानीय सरकार र कन्सल्टेन्सीले सेटिङ गरेर कामदार पठाउँदै आएको थियो । विभिन्न स्थानीय तहरुले कोरियाका विभिन्न काउन्टी र प्रान्तसँग ६ महिनाका लागि मौसमी श्रमिक पठाउने भन्दै भगिनी सम्बन्ध कायम गरे संगै यो खेल सुरु भएको हो ।
२ साताअघि मात्र सरकारले भगिनी सम्बन्ध कायम गरी दक्षिण कोरियामा मौसमी कामदार पठाउन स्थानीय तहहरुलाई रोक लगाएपछि मानव तस्करको गिरोह सल्बलाउन थालेका छन् । उनीहरुले अन्य चोर बाटो बाट श्रमिक कोरिया पठाउन थालेका छन् । यसरी स्थानीय जनप्रतिनिधिहरु संगको सेटिङमा कन्सल्टेन्सीले घुमाउँरो बाटो बाट कोरिया पठाउने कार्य अझै पनि रोकिएको छैन ।
काठमाडौंको शान्तिनगरमा रहेको टीटी वर्ल्ड एजुकेसन कन्सल्टेन्सीले अहिले पनि कोरियामा मौसमी कामदार पठाइरहेको कुराले पनि यस्को पुष्टि गरेको छ । टीटी वर्ल्ड स्थानीय तहका जनप्रतिनिधिसँगको ‘सेटिङ’मा पैसा उठाउँदै कागजात मिलाएर कोरिया पठाउने धन्दा चलाइरहेको खुल्न आएको छ । यो कन्सल्टेन्सीले अहिले विभिन्न गाउँपालिकामार्फत भगिनी सम्बन्धका आधारमा कागजात जम्मा गरेर श्रमिक कोरिया पठाइरहेको छ ।
भारतको बाटो हुँदै कोरियातिर पठाउने काम भईरहेको स्रोतले बताएको छ । यसरी कोरिया जाने कामदारहरुले दलाललाई ४ लाख बुझाउनु पर्ने हुन्छ । दलालहरुले गएका कामदारलाई यस बारे कतै नभन्नु भन्ने व्हिप नै लगाएको कोरिया पुगेका एक कामदारले नाम नखोल्ने शर्तमा बताए । कानुनतः इजाजतप्राप्त म्यानपावर कम्पानीबाहेक अन्यले रोजगारीका लागि श्रमिक विदेश पठाउन नपाउने प्रावधान रहेको छ ।