काठमाडौं ३ असार । नेपाली कांग्रेसकी नेतृ सुजता कोइरालाले प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रधानसेनापतिलाई बोलाउनु लज्जास्पद भएको बताएका छन् ।
देशको सेनापतिलाई कारबाही गरेजस्तो लामो समय राख्नु देशकै लागि लज्जास्पद कुरा भएको भन्दै उनले ‘अरुलाई मात्र भनेर वा राष्ट्रवादी भनेर कहिल्यै पनि नेपालमा विकास नभएको बताएकी छन् ।
नेपालमा अमेरिकी सेनाले तालिम दिने कामलाई ठूलो नमान्न भन्दै उनले भनिन्, ‘किन भारत र चीनको नाम सुन्दा एकदम आत्तिएर अफगानिस्तान वा युक्रेन बनाइदिन्छ कि? भनेर डराउनुपर्ने के कारण छ?’
प्रधानसेनापति प्रभुराम शर्माको कुरामा सबैभन्दा बढी विश्वास भएको बताएकी उनले अमेरिका , चीनमा पनि विभिन्न देशका सेना जाने गरेको बताएकी छन् ।
‘प्रधानसेनापतिको कुरामा मलाई सबैभन्दा बढी विश्वास भयो। उहाँहरूबाट धेरै अनुभव छ। उहाँले जुन कुरा राख्नुभयो, ट्रेनिङ, नेचुरल डिजास्टरको कुरा,‘जुन नेपालमा मात्र नभई सबै देशमा हुन्छ। अमेरिकामा पनि विभिन्न देशका सेना जान्छन्। चीनमा पनि जान्छन्।’
अमेरिका र चीनको कुरा हुँदा धेरै हो हल्ला हुन थालेको विषयमा आफुलाई राम्रो नलागेको बताएकी उनले भनिन्, ‘चीनले विकास गर्यो भने एकथरीलाई मन पर्दैन, भारतले गर्न खोज्यो भने अर्को थरीलाई मन पर्दैन। अमेरिका आयो भने मन पर्दैन, यसो हुँदा नेपालको विकास हुँदैन।’ प्रधानमन्त्री, प्रधानसेनापति, परराष्ट्रमन्त्रीले भनिसक्नु भएको छ, अब कति यसलाई लिएर गइराख्ने ? कामै नपाएजस्तो। काम छैन, यसैमा रमाएर बसेको जस्तो। यहाँ पनि यही हाम्रो अरु काम छैन ? देश विकास गर्नु छैन?’