काठमाडौं ३ असार । सांसद खगराज अधिकारीले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लाई सेनाले कसको स्वीकृतिमा पठाएको भन्दै प्रश्न गरेका छन् ।
शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसद अधिकारीले एसपीपीको सम्बन्धमा सेनाले सरकारको स्वीकृतमार्फत पठाएको र त्यो कसको स्वीकृतिमा पठाएको भन्दै प्रश्न गरेका हुन् ।
पत्र नहेरिकन नैतिकताको पाठ सिकाउने मन्त्रीलाई सभामुखमार्फत एसपीपीका विषयमा जवाफ दिन चुनौती दिएका अधिकारीले एसपीपी पत्र सुशिल कोइरालाको पालमा भएको जिकिर गरेका छन् ।
छानविन गर्न तयार भएको भन्दै उनले भने, ‘छानविन गर्न तयार छौं, माननीयज्यूहरु तयार हो । रक्षा मन्त्रालय तपाईको मातहतमा छ । त्यतिबेला सुशिल कोइरालाले लेखेको पत्र यहाँ ल्याउन म चुनौती दिन चाहन्छु । केपी ओलीको पत्र छ भने कि तपाईले छोड्नुपर्यो की मैले छोडन तयार छु । तपाई जान्नुहोस् सुशिल कोइरालाको पत्र भएको कुरा जानकारी गराउन चाहन्छु ।’