काठमाडौं ३ असार । नेकपा एमालेले राष्ट्रियसभाको बैठक अवरोध गरेको छ ।
आज बस्ने राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयकमाथि २०७९ विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको हुँदा एमालेले शर्माको विराधे गदैं बैठक अवरोध गरेको हो ।
शुक्रबारको दोस्रो बैठक शुरु हुने वित्तिकै एमाले सांसदहरुले बैठक अवरोध गरेपछि
राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले बैठक १५ मिनेटका लागि स्थगित भएको घोषणा गरेका छन् ।
एमाले सांसद खिमलाल भट्टराईले अर्थमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने भन्दै यस विषयमा छानविनका लागि संसदीय समिति गठन गर्नुपर्ने बताएका छन् ।