काठमाडौं :
संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेलाई नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तत्काल राजीनामा दिन निर्देशन दिएका छन् ।
नेपाल वायु सेवा निगमका अध्यक्ष युवराध अधिकारीलाई आफ्नै कार्यकक्षमा बोलाएर अपशब्द बोलेको अडियो बाहिर आए पछि चर्को विबादमा तानिएका आलेलाई यस्तो निर्देशन दिएका हुन् ।
यो शोभनीय कुरा नभएको नभएका उनले तत्काल राजीनामा दिन निर्देशन दिएको बताएका हुन् ।
अपशब्द प्रयोग गर्दै मन्त्री आलीले अध्यक्ष अधिकारीलाई दुव्र्यव्याहार गरेका सुनिने अडियो अन्नपूर्ण पोस्ट्ले सार्वजनिक गरेसँग उनको आलोचना भएको छ । यसअघि पनि उनले एकजना युवकलाई टेलिफोनवाट अपशब्द प्रयोगरेको अडियो सार्वजनिक भए पछि बिबादमा तानिएका थिए ।