काठमाडौं ३ असार । प्रधानसेनापति प्रभुराम शर्माले आफ्नो अमेरिका भ्रमणमा कुनै सम्झौता नहुने स्पष्ट पारेका छन् ।
शुक्रबार बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय समितिको बैठकमा प्रधानसेनापति शर्माले सेनाले सैन्य गठबन्धनको सम्झौता नगर्ने र नगरेको स्पष्ट पारेका हुन् ।
‘अमेरिका भ्रमणमा मेरो तहबाट कुनै सम्झौता हुने कार्यक्रम छैन अहिले सार्वजनिक भएको एसपीपीको डकुमेन्ट सरकारी होइन । यसमा हाम्रो संलग्नता पनि छैन । यो कुनै प्रकारले बाहिर आएको हुनसक्छ ।’ शर्माले भने ।
संयुक्त राज्य अमेरिकाको औपचारिक निमन्त्रणामा शर्मा असार १३ गते अमेरिका भ्रमणमा जान लागेका छन् । त्यति बेला लेखेको पत्र साँचो भए पनि त्यो पत्र भूकम्पका बेला लेखिएको र त्यो सैन्य गठबन्धनका लागि नभएको स्पष्ट समेत पारेका छन् ।