काठमाडौं ३ असार । नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले प्रधानसेनापति प्रभुराम शर्मालाई कुन सरकारले सेनालाई एसपीपी कार्यक्रममा सहभागी हुन पत्र लेखेको हो भन्दै प्रश्न गरेका छन् ।
शुक्रबार प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा नेता ज्ञवालीले प्रधानसेनापति शर्मालाई अहिले भ्रम रहेकाले स्पष्ट गर्नका लागि भनेर कुन सरकार र कुन प्रधानमन्त्रीले स्वीकार गर्न अनुमति दिएको स्पष्ट पार्नु पर्ने बताएका हुन् ।
यता नेपाली कांग्रेसले भने एमालेलाई दोष लगाउँदै आएको छ । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा २०७२ कार्तिकमा एसपीपीका लागि पत्र लेखिएको पाइएको छ ।