परराष्ट्रमन्त्री खड्काले एसपीपी सम्झौतालाई कोट्याउँदा सबै कुरा छताछुल्ल हुन्छ भन्नुको तात्पर्य के हो ? स्पष्ट पार्नुपर्यो : भीम रावल — OSNepal

परराष्ट्रमन्त्री खड्काले एसपीपी सम्झौतालाई कोट्याउँदा सबै कुरा छताछुल्ल हुन्छ भन्नुको तात्पर्य के हो ? स्पष्ट पार्नुपर्यो : भीम रावल

LC (KTM) June 17, 2022 0

काठमाडौं ३ असार । नेकपा एमालेका नेता भीम रावलले एसपीपी प्रकरणबारे छानविन समिति बनाएर सत्यतथ्य बाहिर ल्याउन माग गरेका छन् ।

शुक्रबार संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा पुर्व रक्षामन्त्री समेत रहेका रावलले अमेरिकाले एसपीपी कार्यक्रममा सहभागी नहुने हो भने नेपालले पत्र लेख्न सक्ने बताइरहेका बेला परराष्ट्रमन्त्री र प्रधानमन्त्री मौन बस्नुको जवाफ दिनुपर्ने भन्दै प्रश्न गरेका हुन् ।

बैठकमा नेता रावलले परराष्ट्र मन्त्री डा। नारायण खड्काले एसपीपी सम्झौतालाई कोट्याउँदा सबै कुरा छताछुल्ल हुन्छ भनेर दिएको अभिव्यक्ती गैरजिम्मेवार भएको भन्दै आपत्ती समेत जनाएका छन् ।

एसपीपीको विषयमा मौन बस्नुको अर्थ के हो भन्दै प्रश्न गरेका रावलले भने , ‘एसपीपी प्रकरणबारे छानबिन समिति बनाऔं, यो प्रक्रियामा भएका सम्पूर्ण कागजात जम्मा गरेर अध्ययन गरेर को दोषी छ पत्ता लगाउऔं,मौन बस्नुको अर्थ के हो ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर