काठमाडौं ३ असार । नेकपा एमालेका नेता भीम रावलले अमेरिकालाई नेपाल कुनै पनि संैन्य गठवन्धनमा सहभागी हुँदैन भनेर पत्र लेख्न आग्रह गरेका छन् ।
शुक्रबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा नेता रावलले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सहभागी नहुने भनेर अमेरिकलाई पत्र पठाउन सुझाव दिएका हुन् ।
एसपीपी अमेरिकाको इन्डो प्यासिफिक स्ट्राटिजी आईपीएसकै अंक भएकाले त्यसमा सहभागी हुन नहुने भन्दै आफ्नो धारणा राखेका नेता रावलले ‘एसपीपी आईपीएसको अंग भएको अमेरिकन वेबसाइटमा भएको जानकारी समेत गराएका छन् ।’परराष्ट्र मन्त्री (डा.नारायण खड्का)ले होइन भन्नुभयो,’ रावलले भने ।
बैठकमा रावलले यसो भन्दै गर्दा आफुले त्यसको नभनेको भन्दै परराष्ट्रमन्त्री खड्काले रावललाई रोक्न खोजे । तथापी,रावलले भने तथ्य आउदा मान्छे डराउँछ भने अन्तर्राष्ट्रिय सम्बन्ध समितिले छानबिन समिति गठन गर्नुपर्ने बताएका छन् ।