१० भदौदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘प्रकाश’मा सीता बनिन् दिया मास्के — OSNepal

१० भदौदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘प्रकाश’मा सीता बनिन् दिया मास्के

LC (KTM) June 17, 2022 0

काठमाडौं । अभिनेत्री दिया मास्केको मुख्य भूमिका रहेको चलचित्र ‘प्रकाश’ आगामी १० भदौदेखि देशव्यापी प्रदर्शनमा आउने भएको छ । चलचित्रमा उनले सीताको भूमिका निर्वाह गरेको जनाएकी छन् । बुधबार उनले सामाजिक सञ्जालमार्फत् चलचित्रमा आफ्नो भूमिकाका बारेमा चर्चा गरेकी छन् ।

उनका अनुसार नेपाली सिनेमा क्षेत्रमा बढेको साहित्य चेत र महिला पात्रको उपस्थिति जनाउने तत्वसँगै चलचित्रको ‘न्यारेटिभ’ को अभिन्न अंगको रुपमा रहेको छ । उनले आफू दियाबाट सीता बनिरहँदा चलचित्रका लागि फरक भाषा सिक्नु, रहनसहन सिक्नु सजिलो नभए पनि कठिन महशुस भने नभएको जिकिर गरेकी छन् ।

अभिनेत्री मास्केले लेखेकी छन्, ‘चलचित्रमा साहित्य चेत बढेसँगै चलचित्र अभिनयमा पनि एक प्रकारको गहिराई आउन थालेको छ । दियाबाट सीता बनिरहँदा चलचित्रको छायांकन स्थलमा रहेर त्यहाँको भाषा सिक्नु, रहनसहनसँग बानी पार्नु सजिलो पक्कै थिएन तर कठिन हो भन्ने पनि कहिल्यै महशुस भएन । गरिरहेको कामप्रति इमान्दार नहुनु भनेको पात्रलाई गिज्याउनु हो भन्ने मलाई लाग्छ ।’ उनले आफूले चलचित्रको पोस्टर सार्वजनिक गरिहँदा गर्व महशुस गरेको उल्लेख गर्दै चलचित्रकी पात्र सीताप्रतिको लगाव भएको जनाएकी छन् ।

अभिनेत्री मास्केले नेपाली सिनेमामा पात्र छनोट र चरित्र निर्माणमा ध्यान नदिइएको अवस्थाबाट विस्तारै समय फेरिएको बताएकी छन् । उनले महिलालाई कोटा भर्न उभ्याइएजस्तो अवस्थाबाट अहिले सिनेमामा सशक्त भूमिकामा महिला पात्रलाई स्थापित सौर्य दैनिकमा खबर छ । गर्न थालिएको आफूले महशुस उल्लेख गरेकी छन् । सार्वजनिक पोस्टरमा अभिनेत्री मास्केको ग्रामीण पहिरन र रुप निकै आकर्षक र कलात्मक देखिन्छ ।

कलाका दृष्टिले पनि उनको भूमिका निकै दमदार रहेको पोस्टरमा उनलाई देखाइएको रुपबाट अनुमान लगाउन सकिन्छ । मास्केले हलो र जुवा बोकेर हिडिरहेको दृश्य र उनको ग्रामीण रुप दर्शकका लागि निकै आकर्षण बन्ने आशा राख्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर