मंगलबार खेत रोपाइँ गर्न गएका ९ जना खोलो बढेपछि रातभर पानीमा रुझेर खोलामा नै बसे — OSNepal

मंगलबार खेत रोपाइँ गर्न गएका ९ जना खोलो बढेपछि रातभर पानीमा रुझेर खोलामा नै बसे

LC (KTM) June 16, 2021 0

काठमाडौं, असार २ । पछिल्ला केहीदिनदेखि भइरहेको अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित बनिरहेको छ । यसैबिच लमजुङको मध्यनेपाल नगरपालिका वडा नम्बर ७ का ९ जना स्थानीयहरु रातभर खोलामा फसेका छन् ।

मंगलबार खेत रोपाइँ गर्न गएका उनीहरू मिदिम खोलामा बाढी आएपछि बीचमै रोकिएका थिए र उनीहरुलाई बिहानपख बल्ल उद्धार गरिउको छ । मेयर रमेशकुमार पाण्डेका अनुसार खोलाको बीच भागमा फसेका उनीहरूको उद्धारका लागि हेलिकप्टरलाई बोलाइए पनि खराब मौसमले जान नसकेपछि डोजरको बकेटमा राखेर उद्धार गरेको हो ।

नम्बर ७ को राटमाटाका उनीहरु रातभर पानीमा भिजे पनि उक्त स्थानमा मानविय क्षती भने हुन नपाएको मेयर रमेशकुमार पाण्डेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर